किड्नी केयर सेन्टरमा १०० रूपैयाँमै मिर्गौला परीक्षण

काठमाडौं-  गौशालास्थित किड्नी केयर सेन्टरना १०० रूपैयाँमै मिर्गौला परीक्षण गर्न पाइने भएको छ।

सर्वसुलभ रुपमा मिर्गौला परीक्षणको सेवा दिने उद्देश्यले काठमाडौंको गौशालामा किड्नी केयर सेन्टरको स्थापना गरिएको छ।

गौशाला पिंगलास्थानमा बुधबार सुरु भएको  ‘किड्नी केयर सेन्टर'मा  मिर्गौला रोग विशेषज्ञ डा किरणजंग कुँवरले १०० रूपैयाँमै मिर्गौला परीक्षण गर्नेछन्।

‘मिर्गौला जँचाऔं, मिर्गौला बचाऔं’ भन्ने अभियानका साथ सेवा शुरू गरिएको डा कुँवरले बताए।

सर्वसाधारणले सुलभ मूल्यमा मिर्गौलाको जाँच गर्न सकुन् भनेर मिर्गौला परीक्षणको शुल्क एक सय रूपैयाँ मात्र राखिएको उनको भनाइ छ । मिर्गौला जाँच गरेको सय रूपैयाँ शुल्कमा निःशुल्क परामर्शसमेत दिइने छ ।